watch first and then search

watch first and then search

Saturday, November 26, 2016

काँग्रेसले राणा फाल्यो, एमालेले पञ्चायत र माओवादीले राजा,अव नयाँ शक्तिले नेपालबाट गरिबी फाल्दै समृद्ध नेपाल निर्माण गर्नेछ : भट्टराई



उर्लाबारी ,मोरङ, ११ मङ्सिर – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गरिबीलाई हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् ।

मोरङको हसन्दहमा आज नयाँ शक्ति, नेपाल गाउँ समितिले सञ्चालनमा ल्याएको एक दूध डेरीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भट्टराईले भने – “ नेपाली काँग्रेसले राणा फाल्यो, एमालेले पञ्चायत फाल्यो, माओवादीले राजा फाल्यो अव नयाँ शक्तिले मुलुकबाट गरिबी फाल्दै समृद्ध नेपाल निर्माण गर्नेछ । नयाँ सोच र नयाँ विचारको साथ उदाएको नयाँ शक्तिले मुलुकलाई विकास र समृद्धितर्फ लैजान्छ ।”

मुलुकमा पाँच वर्षभित्र गरिबी निवारण गर्ने, १० वर्षभित्र छिमेकी चीन र भारत जत्तिकै शक्तिशाली बन्ने र २५ वर्षभित्र मुलुकलाई विश्वकै शक्तिशाली मुलुकबीच खडा गर्ने सोचका साथ नयाँ शक्ति लागेकोले सोही अनुसार अगाडि बढ्नसमेत संयोजक डा भट्टराईले उपस्थित कार्यकर्तालाई निर्देशन दिए ।

No comments:

Post a Comment

watch first and then search