watch first and then search

watch first and then search

Sunday, November 6, 2016

मुलुक विकास निर्माणको चरणमा प्रवेश–नेता नेम्वाङ



सुरुङ्गा (झापा) २१ कात्तिक । नेकपा एमालेका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले अब मुलुक विकास निर्माणको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

आज झापाको कनकाई माईको पूर्वी तटमा छठपूजा समारोहको उद्घाटन गर्नुहुदै उहाँले जनताका प्रतिनिधिद्वारा संविधान लेख्ने नेपाली जनताको सपना पूरा भएकाले मुलुक अब विकास निर्माणको चारणमा प्रवेश गरेको बताउनुभयो । उहाँले अब मुलुक संविधान कार्यान्वयन र विकास निर्माणको चरणमा प्रवेश गरेको छ भन्नुभयो ।
नेता नेम्वाङले छठ सम्पूर्ण नेपालीको साझा पर्वको रुपमा विकसित हुँदै गएको बताउनुभयो । उहाँले छठ पर्बलाई मधेसी तथा आदिवासीको मात्र पर्व हो भन्ने मान्यता राख्न नहुने पनि बताउनुभयो ।

No comments:

Post a Comment

watch first and then search