watch first and then search

watch first and then search

Sunday, November 6, 2016

लोडसेडिङ तालिका बनाउनु भन्दा लोडसेडिङ कमीका लागि परीक्षण गर्न विद्युत प्राधिकरण व्यस्त



लामो समय देखि मुलुक अन्धकारमय छ । चाहे विकासको विषयमा होस् वा पुनर्निर्माणको विषयमा मुलुक सधैँ अन्धकारमा नै छ । मुलुकमा लोकतन्त्र आएपछि जनताले पाएको कुरा भनेको लोडसेडिङ्ग नै हो । उज्यालोले भकिझकाउ हुनुपर्ने मुलुक अन्धकारमा पिल्सिएका धेरै भइसक्यो । यहि अन्धकारमा बस्न बाध्य भएका जनतालाई अब भने केहि राहत हुने देखिएको छ । अर्थात् विद्युत प्राधिकरण लोडसेडिङ्ग निर्मुल पार्ने योजनाका लागि लागिपरेको छ जसको सुरुवात केहि दिनयता काठमाडौँ उपत्यकामा लोडसेडिङ्ग नगराई विद्युतको माग बुझन प्राधिकरणले परीक्षण नै सुरु गरेको छ ।


भनिन्छ पानीमा नेपाल पनि धनी देश हो । नेपालीले सधैँ भन्दै आएको यो भनाई जनताले तब मात्र राम्ररी बुझे कि धनीको पनि हालत यस्तो हुँदो रहेछ । अर्थात् पानीमा धनी रहेको देशले आफैले विद्युत उत्पादन गर्न सक्दैन । ८४००० मेगावाट विद्युत उत्पादन गर्न सक्ने मुलुकले विद्युत उत्पादन गर्न नसकेर ठाउँ ठाउँमा वत्तीको लाइन समय बनाएर जाने गरेको छ । हरेक चाड हरेक पर्वमा खुसीको सट्टा झयाप्प जाने बत्तीले आजित भएका जनताले यो वर्षको पर्वमा खुसीका साथ मनाउन सफल बने । तिहार जस्तो झिलिमिली हुने पर्व जहाँ विद्युतको खपत बढि हुने गर्दछ ।तर, प्राधिकरणले यस वर्षको पर्वमा विद्युत नकाटेर जनतामा जुन खुसी ल्यायो त्यसले जनता त खुसी छन् त्यति नै खुसी प्राधिकरण पनि छ । नेपाल विद्युत प्राधिकरणले यस वर्ष तिहारमा विद्युत नकाटेर परियोजनाको रुपमा विजुलीको मागको परिक्षण गर्दै लोडसेडिङ्ग मुक्त गराएको थियो । र यहि आधारमा टेकेर प्राधिकरणले उपत्यका बाट लोडसेडिङ्ग अन्तय गर्ने घोषणा समेत ग¥यो जसले आम समुदायमा खुसीको फोहोरा छुटायो ।
उपलब्ध बिजुलीको सही व्यवस्थापन गरी पहिलो चरणमा काठमाडौं उपत्यका र त्यसपछि चरणवद्धरुपमा मोफसलमा लोडसेडिङ अन्त्य गर्दै जाने प्राधिकरणले योजना बनाएको छ । नेपालमा पिक आवरमा करिब १५ सय मेगावाट विजुलीको माग छ । तर, सुख्खायाममा जलविद्युत आयोजनाहरुको उत्पादन ५० प्रतिशतले घट्ने भएकाले जम्मा आपूर्ति ४ सय मेगावाटको हाराहारीमा मात्रै छ । आयातसहित गर्दा सुख्खायाममा ६र७ सय मेगावाट आपूर्ति हुन्छ । वर्षातको समयमा पनि कूल ९ सयदेखि हजार मेगावाट मात्रै आपूर्ति छ । तर, पनि प्राधिकरणले व्यवस्थापन गर्दै लोडसेडिङ मुक्त गर्ने अठोट भने साँचै सराहनिय छ । सधैँ लोडसेडिङ कति गर्ने भनेर तालिका बनाउनु भन्दा कसरी कम गर्ने भन्ने तर्फ गएको प्राधिकरणको सोचलाई सबैले सकरात्मक लिएका छन् ।

No comments:

Post a Comment

watch first and then search