watch first and then search

watch first and then search

Sunday, November 6, 2016

भ्रष्टाचारीहरु विरुद्ध 'पुरानो शक्ति अभियान' ले कार्तिक २९ गते र्याली निकाल्ने







काठमाडौं, २१ कार्तिक, पुरानो शक्ति अभियानले यही कार्तिक २९ गते माईतिघर मण्डलामा भ्रष्टाचार विरुद्ध र्याली प्रदर्शन गर्ने भएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा अभियानले पत्रकार सम्मेलन गरेर देशका विशिष्ट व्यक्तिहरू नै सबैभन्दा बढि भ्रष्टाचारी भएको भन्दै आफुहरू सडकमा आउनु परेको अभियानका संयोजक बालकृष्ण न्यौपानेले बताए ।

उनले हरेक नेता भ्रष्टाचारको चङगुलमा जाकिएको भन्दै अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन हतार गरिरहेका नेताहरू कार्कीदेखि डराएको आरोप समेत लगाए ।

फरक प्रसँगमा अख्तियार जस्तो सवैधानिक अंगहरू माथि हमला गर्ने जो कोहीलाई कारवाही हुनुपर्छ भन्दै उनले थपे, 'कार्यालयहरू कमिसन बिना चल्न सक्दैनन्, आज जताततै भ्रष्टाचारले डेरा जमाएको छ ।'

त्यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार प्रेम कैदीले विश्वको सबैभन्दा सम्पन्न र शक्तीशाली देश नेपाल भएको भन्दै आज दिन प्रतिदिन हरेक रुपमा असफल बन्दै गएको स्थितिले आफूलाई गम्भीर बनाएको गुनासो पोखे ।

नेपालका कम्युनिष्टहरुले सच्चा काम गर्न नसकेको भन्दै उनले भने ?कुनै बेला प्रचण्डले प्रेम दाई माक्र्सवादको पाठ सिकाउने हजुर हो, अब हामी सबै मिलेर देश र जनताको भलाईको निम्ति केही गर्नुपर्छ, तर आज मेरो भाई प्रचण्डनै सबैभन्दा बढि भ्रष्टाचार गर्ने नेतामा पर्छन्, विभिन्न नाममा राज्यबाट पैसा लिने र आफ्नो नाममा राख्ने चोर काम गरिरहेका छन्, हिजो मातृका, विपि र गिरिजा प्रसाद कोईरालाले देशलाई गम्भीर असर पर्ने काम गरे ।

उनले अघि थपे, ''२०४७ साल देखि यता माधव कुमार नेपाल, शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भटराई, पुष्पकमल दाहाल प्रचण्ड लगायताका नेताहरू देश बनाउने भन्दा पनि भत्काउने कामको अग्र पंक्तिमा छन् ।"

भ्रष्टाचारको प्रसँगमा कैदीले लोकमानलाई कारवाही गर्ने कुरामा आफ्नो सहमति रहेको भन्दै अघि थपे 'हिजो देखिनै मैले लोकमान, विजय कुमार गच्छदार र खुम बहादुर खड्का हिजोका भ्रष्टाचारी हुन, खुम बहादुरले पैसा दिएनन्, अरु यी दुई जनाले मलाई बचाई देउ भन्दै तलुवा चाटे अनि अख्तियारको नजरबाट जोगिए, कुन नेताको नाममा कति रकम छ, त्यो म जान्दछु ।'

उनले अघि थपे, 'अब यि भ्रष्टाचारीहरूलाई तह लगाउन र देश बचाउनको लागि मोहन वैद्य र विप्लव माओवादीलाई अधिवक्ता बालकृष्ण न्यौपानेलाई साथ दिन अनुरोध गर्दछु, हिजो जेलमा बस्दा हाम्रो देश स्विजरल्याण्ड बनाउनु पर्छ भन्थे, तर आज देश भ्रष्टाचारको देश बनाए, म उहि पत्रकार भन्दै लेखिरहेको छु, भनिरहेको छु, ।'

No comments:

Post a Comment

watch first and then search