watch first and then search

watch first and then search

Saturday, November 26, 2016

मलेसियामा कार्टुन बनाएका भीमबहादुर नेपाल फर्किएर कागज बनाउन थाले



रसुवा, मंसिर १० - रसुवाको ठुलोगाँउ ६ का भिम बहादुर तामाङ २०६१ सालमा रोजगारीको लागि मलेसिया जानुभयो ।बिबिएस सम्मको अध्ययन पुरा गरेका तामाङले मलेसियामा तीन वर्ष कार्टुन फयाक्ट्रीमा काम गर्नुभयो । तर आम्दानी भने खासै भएन् ।

ऋण काढेर मलेसिया गएका तामाङले त्यहाँको कमाई सबै ऋण तिर्दै ठिक्क भयो । बचत नभएपछि तामाङ तीन वर्षपछि फर्किनुभयो ।

पैसा नल्याएपनि तामाङले काम गर्न सिकेर आउनु भएको थियो । जुन अहिले गरिखाने माध्यम बन्यो । खाने मुँखलाई जुँगाले छेक्दैन् भने झै पैसा नभएपनि सिपलाई सदुपयोग गर्नेबाटो बन्द भएन ।

दुई लाख रुपैयाँ ऋण काढेर ‘लाङटाङ हाते कागज उद्योग’ २०६७ सालमा स्थापना गर्नुभयो । उहाँको उद्योगलाई सरकारी तथा गैर सरकारी कार्यालयले पनि प्राविधिक तथा आर्थिक सहयोग गरे ।
स्वदेशमा कमाई राम्रो

मलेसियामा भीम बहादुरको मासिक एक हजार दुई सय रिंगिट आम्दानी हुन्थ्यो । एक सय लेवी बुझाउनु पथ्र्यो । टेलीफोन, खाना र अन्य खर्च गरेर सात सय रिंगिट बचत हुन्थ्यो । त्यो पैसाले गएको ऋण र घर खर्चै ठिक्क भयो । तर अहिले कागज उद्योगबाट राम्रो कमाई गर्न थाल्नु भएको छ ।

उद्योग थाल्दाको ऋण तिरिसकेर अहिले घर बनाउनु भएको छ । व्यवसाय पनि दिनदिनै बढ्दै र व्यवस्थित हुँदै गएको छ । त्यसो त यहिँको कमाइले कुखुरा फार्म, होटल व्यवसाय, खुद्रा पसल, मासु पसल समेत सञ्चालन गर्नुभएको छ ।
योजना थपिँदै

भीमबहादुरलाई यति मात्रैले चित्त बुझेको छैन । लगानी बढाएर व्यवसाय थप विस्तार गर्ने योजना छ । उहाँ भन्नु हुन्छ अझै २५ लाख रुपैयाँ लगानी गरेर अझै व्यवस्थित गर्न मन छ ।

एकै पटकमा लगानी गर्ने पैसा छैन । बैंकले ऋण दिन राजमार्गले छोएको जग्गा खोज्छ । भिमबहादुरको जग्गा गाउँमा छ जहाँ राजमार्गले छोएको छैन । तर उहाँले देखेका लगानीका क्षेत्र धेरै छन् । तेल उत्पादन केन्द्र स्थापनाको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ ।

No comments:

Post a Comment

watch first and then search