watch first and then search

watch first and then search

Saturday, November 26, 2016

आफगानीस्तानमा पाँच आइएस लडाकु मारिए



अफडानिस्तानमा इश्लामिक स्टेट समुहका पाँच जना लडाकु सरकारी सुरक्षा कारबाहीमा शनिबार मारिएका छन् । नानगाहार क्षेत्रमा भएको सो घटनामा परी अन्य चार जना घाइते भएको स्थानीय सरकारी अधिकारीहरुले जनाएका छन् । पचिर वगाम जिल्लामा विगत केहीदिनदेखि संयुक्त सुरक्षा फौजको कारबाही चलिरहेको छ ।

सरकारी सुरक्षा फौजले उनीहरुबाट नियन्त्रणमा लिएको हातहतियार नष्ट गरेको छ । नानगाहार राज्यको राजधानी जललाबाद शहर अफगानिस्तानको राजधानी काबुलदेखि १ सय २० किलोमिटर पुर्वमा पर्दछ ।

सो क्षेत्रमा सन् २०१५ देखि सरकारी सुरक्षा फौज र आइएस लडाकुबीचको द्वन्द्व चर्किदै गएको छ । हालसालै मात्रै सरकारी सुरक्षा फौजले त्यस क्षेत्रमा कारबाही स्थगत गरेको थियो । शुक्रबार पनि जललाबाद शहरमा भएको विस्फोटनमा परी दुई जना प्रहरी र तीन जना आमनागरिक मारिएका थिए ।

No comments:

Post a Comment

watch first and then search