श्रद्धालुहरुले अपार श्रद्धाका साथ मन्दिरहरुमा भेटी चढाउने गर्दै आएका छन् । नेपालका मन्दिरहरुमा कति भेटी चढ्छन् र कतिको हिसाब किताब राखिन्छ भन्ने विषय विवाद र रहस्यकै विषय बन्दै आएको छ । भेटी नचढाइएको मन्दिर भेटिन्नन नेपालमा तर भेटीको हिसाब भेटिएको मन्दिर पनि नेपालमा कम नै रहेका छन् ।
आधा दशक अगाडिसम्म म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरका बार्षिक ८० हजार भेटी सार्वजनिक हुन्थ्यो । मन्दिरमा प्रवेश गरेका भक्तजनहरूले मुल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालीग्राम, कुण्ड लगायतका क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगद सहित जिन्सी साम्रगीको कुनै लेखाजोखा थिएन । तर ०५७ साल देखि ६७ सालसम्म मन्दिर ब्यवस्थापन समितिको खातामा मन्दिरको आम्दानी भेटीबाट ३१ लाखसम्म पुग्यो । ०६७ सालमा रुद्रबहादुर कार्कीको अध्यक्षतामा नयाँ समितिले बार्षिक लाखौं आम्दानी हुने मन्दिरमा भेटी ब्यवस्थापन गर्ने गरी योजनाबद्ध तरिकाले काम अगाडि बढाएको ६ बर्षको अन्तरालमा मन्दिरमा करोडौंका पुर्वाधार थपिएको छ ।
मन्दिर स्थापना देखि ०६७ सालसम्म मुल मन्दिरमा भक्तजनले चढाएको सुन देखि नगदसम्म पुजारीको पहुँच, मन्दिर बाहिर रहेका साना मन्दिर, जलवराह कुण्ड, कालिगण्डकी स्नान गर्न जाने मार्गमा रहेको जडभरतको गुफा सहित आसपासका क्षेत्रमा रहेका शालग्राम सहित हिन्दु धर्मालम्बीले पुजाआजा गर्ने ठाउँमा चढाइएको भेटीमा पुजारी देखी सर्वसाधारणले समेत दुरुपयोग गर्ने गरेका थिए । भेटी ब्यवस्थित गर्दा दानवीरले समेत खुलेर सहयोग गर्न थालेका छन् । अहिलेसम्म भेटी महायज्ञ र चन्दाबाट ८ करोडको पुर्वाधार थपिएको छ । गत साउन महिनामा मात्रै १३ लाख भेटी संकलन भएको थियो । साउने सोमबार र शिवरात्रीका लाखौ भेटी संकलन हुने गरेको छ मन्दिरमा भेटी हिनामिना हुने सम्भावनालाई मध्यनजर गदै कोषले मुल मन्दिर सहित भेटी र भक्तजनको सुरक्षाका लागि सिसी क्यामेरा समेत जडान गरेको छ । भेटीको सही व्यवस्थापन र सदुपयोग हुन आवश्यक छ नै । गलेश्वरमा झै देशका अन्य मन्दिरमा पनि यसरी नै सदुपयोग गरिए भेटीबाट नै धेरै विकास निर्माणका काममा सहयोग पुग्ने पक्का छ ।
No comments:
Post a Comment