watch first and then search

watch first and then search

Monday, November 7, 2016

शिक्षक नै अनुशासन र नैतिकताको पालना गर्दैनन्



सरकारले कर्मचारीहरुको लागि अनिवार्य पोशाकको व्यवस्था गरेको धेरै भैसक्यो । पोशाक खरिद गर्न भन्दै सरकारले प्रत्येक कर्मचारीलाई वार्षिक जनही साढे ७ हजार अतिरिक्त भत्ता समेत उपलब्ध गराउँदै आएको छ । तर पर्वत जिल्लाका सरकारी कर्मचारीहरु भने एकाध बाहेक प्रायः सबै आफू खुशी पोशाक लगाएर कार्यालय आउने गरेका छन् ।


पर्वत जिल्लाको ठूलीपोखरीस्थित जनता सुदर्शन उमाविमा विद्यार्थीहरुलाई अनिवार्य पोशाकको व्यवस्था गरिएको छ । विद्यालयको पोशाक बाहेक बाहिरी पोशाकमा विद्यालय आउने विद्यार्थीहरु सजायँको भागीदार बन्नुपर्ने हुन्छ । तर त्यही विद्यालयका शिक्षकहरु भने केहीले बाहेक सबै शिक्षक बाहिरी पोशाकमा आउने गरेका छन् । विद्यार्थीलाई अनुशासन र नैतिकताको पाठ सिकाउने सरकारी गुरुहरू नै अनुशासनको सामान्य नियमको समेत पालना गरेको देखिँदैन । यसबाट विद्यार्थीले सिक्ने सामान्य सिकाइमा समेत प्रभाव परेको पाइएको छ । पर्वतका अधिकांश सामुदायिक विद्यालयका शिक्षकहरू न्यूनतम मापदण्डमा पर्ने पोसाकबिनै विद्यालयमा उपस्थित हुन्छन् ।
राज्यले पोसाक भत्ता बापत प्रत्येक शिक्षकहरूलाई वर्षेनी साढे ७ हजारका दरले रकम दिंदै आएको छ तर शिक्षकहरूले पोसाक भत्तालाई अरू नै प्रयोजनमा लगानी गर्ने गरेका छन् । राज्यले विभेद गर्दा पोसाक नियमित हुन नसकेको शिक्षकहरूको प्रतिक्रिया छ । अस्थायी भनेर केही शिक्षकहरुलाई राज्यले विभेद गरेपछि आफूहरु तोकिएको पोशाकविनै आउनुपरेको जनता सुदर्शन उमाविका अस्थायी शिक्षक आनन्द रिमालले बताउनुभयो ।
आफूहरू बाहिरी पोशाकमा भएर विद्यार्थीलाई अनुशासनका कुरा सिकाउँदा असहज भएको पनि उहाँले बताउँनुभयो । तर राज्यको विभेदकारी नीतिविरुद्ध आफूहरु केही बोल्न नसक्ने उहाँको भनाइ थियो । विद्यालयमा अधिकांश अस्थायी शिक्षक भएका कारण स्थायीहरू पनि पोसाकमा आउन अभ्यस्त नभएको विद्यालयका प्राचार्य मेघनाथ आचार्यले बताउनुभयो ।
पोशाक नलगाउने शिक्षकलाई कानुनी कारबाहीभन्दा पनि नैतिक दबाब दिनु अझ बलियो कारबाही हुने विद्यालय निरीक्षक उद्दिमराज पौडेलले बताउँनुभयो । विद्यालयको न्यूनतम कार्यसम्पादन मूल्यांकनमा त्यसलाई पनि प्राथमिकतामा राखिने उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

watch first and then search