अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न राजनीतिक दलका नेताहरुमाथि छानबीन नगरेको स्पष्ट पारेको छ । अख्तियारले सञ्चारमाध्यममा आएका सामग्रीहरुमा सत्यता नरहेको दाबी गर्दै अख्तियारको विषयमा गलत हल्ला नचलाउन विज्ञप्ति जारी गर्दै सजग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न व्यक्तिहरुलाई कारबाहीको दायरमा ल्याएको भन्दै सार्वजनिक पद धारण गरेका केहि व्यक्तिलाई लक्षित गरी काल्पनिक सूचि सहित कतिपय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित सामग्रीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीले राजनीतिक दलका नेताहरुमाथि छानबीन अघि बढाउन खोजेको र त्यहि बुझेर संसदमा महाभियोग प्रस्ताव लगिएको भन्नेसम्मको समाचारहरु आइरहेको सन्दर्भमा अख्तियारले यस्तो बताएको हो । अख्तियारको विज्ञप्तीमा आयोगद्वारा सम्पादन हुने छानबिन अनुसन्धान तथा अभियोजन लगायतका गतिविधिबारे सार्वजनिक गर्नुपर्ने विषय प्रवक्ताद्वारामात्रै हुने पनि उल्लेख गरेको छ ।
No comments:
Post a Comment