watch first and then search

watch first and then search

Tuesday, November 8, 2016

नक्कली नेपाली नागरिकतासहित दुई बङ्गलादेशी पक्राउ



इनरुवा, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवाबाट नक्कली नेपाली नागरिकतासहित दुई बङ्गलादेशी नागरिकलाई पक्राउ गरेका छन् । इनरुवा–६ स्थित रहेको एक होटलबाट दुई विदेशीलाई नक्कली नेपाली नागरिकतासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको गस्ती टोलीले कात्तिक १९ गते शङ्कास्पद अवस्थामा दुईजना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुको साथबाट नेपाली नागरिकताको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका बङ्गलादेशको ट्याङग्याल स्थायी ठेगाना भएका हयात मियाँ भन्ने आसान मियाँले पश्चिम कुशहा–९ का इनुस भन्ने व्यक्तिलाई बुबा बनाई वंशजका आधारको २०६३ सालको नागरिकता टोलीबाट ३०४५/२५६६ नंको नेपाली नागरिकताको नक्कली प्रमाणपत्र लिएका थिए ।

त्यसैगरी बङ्गलादेशको पावना जिल्ला स्थायी ठेगाना भएका शमशेर भन्ने सिजारोल मल्लिकले सुनसरीको पश्चिम कुशहा–४ का सुलेमान मियाँलाई बुबा बनाई वंशजको आधारमा ३०४५/२८८४ नंको नक्कली नेपाली नागरिकता प्रमाणपत्र लिएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी भएको नपाइएकाले निजलाई नागरिकता कीर्तेमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको घिमिरेले बताउनुभयो । पक्राउ परेकालाई आज पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको हो ।

No comments:

Post a Comment

watch first and then search