watch first and then search

watch first and then search

Saturday, November 26, 2016

ट्रम्पले जितेको विस्कन्सिनमा पुनः मतगणनाको माग

मंसिर ११ – अमेरिकाको विस्कन्सिन राज्यमा राष्ट्रपति चुनवाको पुनः मतगणाको माग भएको छ । नोभेम्बर ८ मा भएको राष्ट्रिपतीय चुनावमा विस्कन्सिन राज्यमा राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प झिनो मतअन्तरले विजयी हुनुभएको थियो । तर अहिले पुनः मतगणनाको माग दर्ता भएको विस्कन्सिनको निर्वाचन आयोगले जनाएको छ । ग्रिन पार्टीका राष्ट्रपतीय उम्मेदवार डाक्टर जिल स्टाइनले पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दर्ता गर्नुभएको हो । डाक्टर स्टाइनले मिसिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणनाको माग गर्दै निवेदन दर्ता गर्नुभएको छ । निर्वाचन आयोग स्विकन्सिनले ट्वीट गरेर यसबारे जानकारी दिएको छ । यसबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने आयोगले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search