मंसिर ११ – इरानमा रेल दुर्घटना हुँदा कम्तिमा ३५ जनाको ज्यान गएको छ । राजधानी तेहरानबाट दुई सय ५० किलोमिटर पूर्व सेमनान प्रान्तमा दुईवटा रेल ठोक्किएर भएको दुर्घटनामा ७० जना भन्दा धेरै घाइते भएका छन् ।
राष्ट्रपति हसन रुहानीले दुर्घटनाको कारण पत्तालगाउन जाँचको आदेश दिनुभएको छ । राजधानी तेहरान र माशहाद जोड्ने रेलवे लाइनमा दुर्घटना भएको हो ।
चिसोका कारण यन्त्रले काम गर्न छोडेपछि रेलवे लिकमै रोकिएको रेलसँग अर्को रेल ठोक्किएर दुर्घटना भएको स्थानीय अधिकारीले बताएका छन् ।
No comments:
Post a Comment