watch first and then search

watch first and then search

Saturday, November 26, 2016

एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित



काठमाडौं, मंसिर ११ – महिला एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको ४८ रनको झिनो लक्ष्य पाकिस्तानले १० ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा सबै १० विकेट गुमाएर ४७ रन मात्र बनाउन सक्यो । नेपालकी रुबिना क्षेत्रीले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका ४ जना खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली प्रतियोगिताका लागि बुधबार बैंकक गएको हो । नेपाली टोलीमा सीता राना मगर, नीरा राजोपाध्याय, करुणा भण्डारी, रोशनी बोहरा, ज्योति पाण्डे, रश्मी शर्मा चौलागाईं, सबनम राई, संगीता राई, काजल श्रेष्ठ, नेरी थापा, सरस्वती चौधरी, शोभा आले, सरिता मगर र इन्दु बर्मा छन् ।

सिंगल राउन्ड रोविन २० ओभरको प्रतियोगितामा आयोजक थाइल्याण्ड र नेपालसहित भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सहभागी छन् । नेपालले अब श्रीलंका, बंगलादेश, थाइल्यान्ड र भारतसँग प्रतिस्पर्धा गर्नेछ । गएको महिना हङकङमा भएको विश्वकपको एसिया छनौटमा दोश्रो हुँदै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

No comments:

Post a Comment

watch first and then search