watch first and then search
watch first and then search
Wednesday, October 19, 2016
इलामका चिया किसानले आफै उद्योग खोलेर चिया निर्यात गर्न थाले
विनय तिम्सिना ÷ इलाम –
इलामका चिया किसानले आफै चिया उद्योग खोली अन्तर्राष्ट्रिय बजारमा चियाको निर्यात गर्न थालेका छन् । जिल्लामा रहेका चिया उद्योगले हरियो चिया पत्तिको मूल्य कम दिएपछि किसान आफैले चिया उद्योग खोली अन्तराष्ट्रिय बजारमा चिया निर्यात गर्न थालेका हुन् ।
किसानले स–सना ड्रायरमा सुकाएर अर्गानीक चिया उत्पादन गरि तेस्रो मुलुक चिया निर्यात गर्दै आएका छन् । प्रशोधनका लागि आवश्यक हरियो चिया पत्ति सुकाउने ड्रायर र फेन भारतको सिलिगुडिबाट खरिद गरि किसानले उद्योग स्थापना गरेका छन् । हरियो चियापत्ति बिक्री गर्नुभन्दा राम्रो चिया उत्पादन गर्दा
किसानले उत्पादन गरिको चियामा रसायनीक मलको प्रयोग नभएकाले माग बढी भएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । अर्गानिक चिया प्रशोधनका लागि घरेलु तथा साना उद्योग विकास समितिले किसानलाई तालिम प्रदान गर्दै आएको छ । किसानले हाते चिया प्रशोधन उद्योग नयाँबजार, साखेजुङ्ग, मंगलबारे, माइपोखरी, सुलुबुङ, कन्याम, जीतपुर गाविसका खोलेका छन् । किसानले उत्पादन गरेको अर्गानिक चिया नेपाल, भारत, क्यानडा लगायत यू्रोपका देशमा निर्यात हुने गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment