watch first and then search

watch first and then search

Wednesday, October 19, 2016

काठमाडौंका मिठाइ पसलहरु हाकाहाकी उपभोक्ता ठग्दै



दशैंमा पनि उपभोक्ताहरु ठगिएको गुनासो चर्को बनेपछि सरकारले दशैं लगत्तै अनुगमनतलाई तीब्रता दिएको छ । दशैं अघि मासु र अन्य खाद्य वस्तुमा केन्द्रित अनुसन्धान तिहार नजिकिदै गर्दा मिठाइमा केन्द्रित हुँदा बुधबार काठमाडौं स्थित एक मिठाइ पसलमा सिलबन्दी समेत गरिएको छ भने अर्को एकको कारोबारमा रोक लगाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले बुधबार काठमाडौंको नक्साल स्थित अनोमल स्वीट्समा सिलवन्दी गरेको हो । अनुगमनको क्रममा अनमोल स्वीट्सले मिठाईमा अखाद्य वस्तुको प्रयोग गरी उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको अनुगमन टोलीको आरोप छ । अनमोल स्वीट्स हाउसमा मिठाई उत्पादन गर्ने स्थानमा रहेको खाद्यवस्तुमा झिँगा, साङ्ला र भुसुनासमेत घुमिरहेको फेला पारेपछि शीलबन्दी गरेको टोलीले जनाएको छ ।
यता आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हिंत संरक्षण विभागले अनुगमनको क्रममा लाजिम्पाट स्थित पशुपति स्वीट एण्ड चाट हाउस भोजनालयलाई कारोवार गर्न रोक लागाएको छ । पशुपति स्वीट एण्ड चाट हाउस भोजनालयमा भन्साकोठा निकै फोहोर रहेको , वासी मिठाई विक्री वितरण गरेको पाईएकोले कारोवारमा रोक लगाएको टोलीले जनाएको छ ।
यसरी उपभोक्ताको स्वास्थ माथि गरेको खेलवाड गर्ने यस्ता व्यापारीहरुलाई कडाई गनुपर्ने उपभोक्ता अधिकारकर्मीहरुको भनाई रहेको छ ।
मिठाई पसलले तिहारका लागि एक महिना अघिदेखि मिठाई निर्माण गर्ने गरेका छन् । कतिपय पसलले मिठाईको भण्डारणसमेत फोहोर हुने गरेको छ । अनुगमन टोलीले बेच्न ठीक पारिएका कतिपय वासी मिठाईहरु पनि नष्ट गरेको छ ।

No comments:

Post a Comment

watch first and then search