watch first and then search
watch first and then search
Wednesday, October 19, 2016
रौतहट प्रहरीद्धारा लागू औषध र घरेलु मदिरा नष्ट
रौतहट प्रहरीले बिभिन्न समयमा नियन्त्रणमा लिएको लागू औषध चरेश, कोरेक्स र घरेलु मदिरा नष्ट गरेको छ । चेकजाँचको क्रममा बिभिन्न व्यक्तिबाट पक्राउ तथा वरामद गरिएको ती अवैध वस्तुहरु बुधबार सार्वजनिकरुपमा नष्ट गरिएको हो ।
इलाका प्रहरी कार्यालय रौतहटले विभिन्न समयमा बरामद गरेको मदिरा बुधवार नष्ट गरेको छ । प्रहरीले आधा किलो चरेस र ३८ बोतल कोरेक्स सहित ६ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले असोज २६ गते चेकजाचको क्रममा रौतहटको भसेढवा गाविस वडा नं. ६ निवासी भुपेन्द्र महतोको साथबाट आधा किलो चरेस बरामद गरेको थियो भने असोज १३ गते महोत्तरी जिल्लाका सोनुकुमार ठाकुरको साथबाट ३८ बोतल कोरेक्स बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
प्रहरीले विभिन्न समयमा आफ्नो इलाका क्षेत्रबाट अवैद्य रुपमा सदरमुकाम गौर लगायतका स्थानमा लैजान लागेको घरेलु मदिरा ६ सय लिटर नष्ट गरेको छ । प्रहरीले चाडपर्व लगायतका समयमा विशेष निगरानी तथा चेकजाच बढाएपछि घरेलु मदिरा बरामद भएको हो । प्रहरीले चेकजाच गर्ने क्रममा यात्रुवाहक बस, साइकल तथा अन्य सवारी साधनमा राखेर सदरमुकाम गौर तर्फ लैजादै गरेको अवस्थामा बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको पनि ढकालले जानकारी दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment