watch first and then search

watch first and then search

Friday, October 21, 2016

निलम्वित अख्तियार प्रमुख कार्कीलाई फेरि अर्को झट्का,सरकारी सेवा सुविधा रोक्न माग गर्दै सर्चोच्चमा निवेदन






काठमाडौं, ५ कात्तिक । निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको सेवा सुविधा रोक्न माग गर्दै सर्चोच्च अदालतमा निवेदन परेको छ ।

अधिवक्ता ओमप्रकास अर्यालले सिंहको सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै शुक्रबार निवेदन दर्ता गराएका हुन् । निवेदनमा कार्कीले पाईरहेको सेवा, सुविधा, सुरक्षाकर्मी, सरकारी आवास लगायत कुनै पनि

सुविधा प्रयोग गर्न दिन नहुने गरि आदेश माग गरिएको छ । कार्कीले मुद्दा विचाराधिन रहेको अवस्थामा उनलाई दिइने सेवा सुविधाले न्यायिक प्रक्रिया र न्यायसम्पादन कार्यमा समेत प्रतिकूल प्रभाव पार्न वा प्रमाण लोप गर्न सक्ने बताइएको छ ।

राज्य शक्तिको दुरुपयोग गरी राष्ट्रकै संवेदनशीलता, गोपनियता भंग गर्ने, कानुन हातमा लिने, देशद्रोही कार्य वा राज्यविरुद्धका अपराधजन्य अन्य कार्यमा संलग्न हुने अवस्था विद्यमान भएको भन्दै सेवा सुविधा रोक्न माग गरिएको छ ।

No comments:

Post a Comment

watch first and then search