watch first and then search

watch first and then search

Friday, October 21, 2016

उपेन्द्र यादवलाई लाग्यो ठूलै झड्का ,पार्टी एमालेकरण भएको भन्दै एकै पटक ११ जिल्लाबाट फोरमका ५०० कार्यकर्ताले पार्टी छाडे



काठमाण्डु, ५ कात्तिक । संघीय समाजवादी फोरमका ११ जिल्लाका पाँच सय बढी कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन् । संघीय प्रेस फोरमका उपाध्यक्ष सुकदेव चामलिङलाई निष्काशन गरिएको भोलिपल्टै (शुक्रबार) ठूलो संख्यामा फोरम परित्याग गरिएको हो । यद्यपि, चामलिङले यसअघि नै राजीनामा घोषणा गरिसकेका छन् ।

सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, रामेछाप, सिन्धुली र काठमाडौंबाट एकसाथ पार्टी परित्याग गरिएको हो । उनीहरुले विधिको नाममा पार्टीले स्वेच्छाचारी र पूर्वाग्राही ढंगले नेता तथा कार्यकर्ता निष्काशन गर्दै गएकाले आफूहरुले असुरक्षित महसुस गरी परित्याग गर्नु परेको जनाएका छन् । सुनसरीबाट बबिन राई (११८ जना), मोरङबाट आशमान चौधरी (१८ जना), झापाबाट विष्णु राई (१३ जना), इलामबाट समुन्दर राई (१५ जना), धनकुटाबाट सिर्जना आलेमगर (२३ जना), भोजपुरबाट सुरेश राई (४७ जना) को नेतृत्वमा पार्टी परित्याग गरिएको छ । यस्तै, खोटाङबाट दिलबहादुर चामलिङ राई (९९ जना), उदयपुरबाट पूर्णमाया चामलिङ राई (७७ जना), रामेछापबाट रामकुमार मगर (३७ जना), सिन्धुलीबाट सुरेन्द्र तामाङ (५५ जना) र काठमाण्डुबाट खेमराज राई (५७ जना) को नेतृत्वमा पार्टी परित्याग गरिएको छ । पार्टीले ‘अकेन्द्रीत लोकतन्त्र’ मान्ने भने तापनि ‘केन्द्रीयता’ लादेको आरोपसमेत उनीहरुको छ । ‘केन्द्रमा रहेकाले जे गर्दा पनि ठीक हुने र तल्ला तहकाले रचनात्मक आलोचना गर्दासमेत अनुशासनको कार्वाहीमा पर्नुपर्ने बाध्यात्मक परिस्थितिको विरोधस्वरुप सामूहिक पार्टी परित्याग गरेका छौं’, सुरेन्द्र तामाङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनीहरुले समयमै आफूहरुलाई पार्टी सदस्यता नदिएकाले पार्टी परित्याग गर्नु परेको जनाएका छन् । यससँगै उनीहरुले संघीय समाजवादी फोरममा एमालेकरण मौलाउँदै गएको आरोप पनि लगाएका छन् । साथै, पार्टीभित्र उग्रजातिवादी विचारधारा बोकेकाहरुलाई प्रश्रय दिएको आरोप पनि लगाएका छन् ।
अधिकांश बहिर्गमित प्रेस फोरम उपाध्यक्ष चामलिङका समर्थक हुन् । चामलिङकै आग्रहमा उनीहरु विभिन्न खम्बुवानजन्य संगठन, अनेरास्ववियु र युथ फोर्स परित्याग गरी तत्कालीन संघीय समाजवादी पार्टीमा आबद्ध रहेका थिए ।

No comments:

Post a Comment

watch first and then search