watch first and then search
watch first and then search
Wednesday, October 19, 2016
फेरी भयो अर्को जिप दुर्घटना, एक जनाको मृत्यु
बागलुङ, ३ कात्तिक । बागलुङको गलकोटमा बुधबार पिक अप जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
हटिया बजारबाट मल्म जाँदै गरेको ग १ च १४७३ नम्बरको जिप मल्मको बेसारे डाँडा नजिकै दुर्घटना हुँदा मल्म–८ का ६८ वर्षका कर्णबहादुर खड्काको ज्यान गएको छ । दुर्र्घटनामा चालक रेशका मुमार परियार घाइते भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । घाइते परियारको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको र टाउकोमा चोट लागेको कारण पोखरा रिफर गर्ने तयारी भइरहेको छ ।
गाडीमै रहेका सहचालक भने हाम फालेर ज्यान जोगाउने क्रममा सामान्य घाइते भएका छन् । उकालो बाटोमा गाडी एक्कासी ब्याक भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनु्मान छ । पिक अप सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरी निरिक्षक अर्जुनध्वज अधिकारीले जानकारी दिए
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment