स्वदेशी उद्योग र लगानीलाई असर नपर्ने गरी विदेशी लगानी भित्र्याउन सकिने पूर्वाञ्चलका उद्योगी व्यवसायीहरुले सुझाव दिएका छन् । मुलुकको आर्थिक विकासका लागि विदेशी लगानी र प्रविधि आवश्यक रहेको उनीहरुको स्वीकारोक्ति रहेको छ ।
मंगलबार विराटनगरमा उद्योग मंत्रालयले आयोजना गरेको विदेशी लगानी सम्बन्धी कानुन संसोधन विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्वाञ्चलका उद्योगी व्यवसायीहरुले मुलुकको आर्थिक विकासका लागि विदेशी लगानी र प्रविधि आवश्यक भएपनि स्थानीय उद्योगलाई विस्थापन गर्ने गरी विदेशी लगानी भित्र्याउन नहुने धारणा व्यक्त गरे । उनीहरुले उर्जा, कृषि र पर्यटन क्षेत्रमा विदेशी लगानी ल्याउन सकिने धारणा व्यक्त गर्दै पूँजी अभाव पूर्तिका लागि विदेशी लगानी भित्र्याएर उर्जा संकट तत्काल हल गर्न आग्रह समेत गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग मंत्री नविन्द्रराज जोशीले संविधान निर्माण पछि राजनैतिक क्रान्ति सम्पन्न भईसकेकाले सरकारले आर्थिक समृद्धिका लागि योजनाहरु बनाइरहेको जानकारी दिनुभयो । उहाँले विदेशी लगानीबाट उत्पादनमूलक उद्योगहरु स्थापना गरी वैदेशिक रोजगारमा गएका युवाहरुलाई स्वदेशमै रोजगार उपलब्ध गराउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय उद्योगपतिहरु उद्योग भन्दा व्यापार र कमिशन तर्फ विस्थापित हुदै गएकाले उनीहरुलाई उद्योग तर्फ आकर्षण गराउन सरकारले विभिन्न कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।
No comments:
Post a Comment