watch first and then search

watch first and then search

Tuesday, October 25, 2016

हाउजीले स्थानीय ब्यवसायीहरुलाई समस्या : सामाजिक काम गर्न हाउजी नै खेलाउनु पर्छ र ?



उर्लाबारी क्लवले बडादशैं तथा शुभदिपावलीको अवसरमा भन्दै उर्लाबारीको राजनैतिक दल र नगरपालिकाको स्वीकृतिमा संचालित उर्लाबारीको हाउजीले स्थानीय ब्यवसायीहरुलाई समस्या पारेको छ । अर्धनग्न पोशाक लगाएर आउने केटीहरु र दुव्र्यसनी युवाहरु र पाकेटमारको लागि क्रिडास्थल बन्न पुगेको सो हाउजी भरेर राति घर फर्कने क्रममा विभिन्न ठाउँमा झगडा हुने गरेको कुरा अभिभावकहरु बताउँछन् ।

मुख्य हाईवे नजिकै खेलाइएको हाउजीले रातको समयमा दुर्घटनाको जोखिम बढाएको छ भने मादक पदार्थ सेवन गरेर आएका हुलले पसल वरपर होहल्ला गर्ने,फोहोर गर्ने गरेको पाइएको छ । स्थानीय एक व्यवसायी भन्छन्‘ मेरो ट्राभल्स अगाडी जाडरक्सी खाएका केटाहरुले बमिट गरेर फोहोर पारेर हैरान बनाए । यस्तै स्थानीय व्यवसायी सुवास श्रेष्ठले आफ्नो मात्र होईन सबैको पसलमा हाउजीको कारण फोहोर बढेको गुनासो गरे । उनले भने, सफा गर्दा गर्दा दिक्क भईसक्यौ ।

’ एक अभिभावक भन्छन्– यो हाउजी लगाए पछि ठूलो चिन्ता थपिएको छ । छोरा छोरी घर नफर्कन्जेल सम्म निद्रा नै लाग्दैन । पैसा चोरेर उस्तै । उर्लाबारी क्लवका अध्यक्ष दिनेश श्रेष्ठलाई उक्त समस्या सुनाउदा कानमा हालेर बसेको स्थानीयले गुनासो गरेका छन् । एक दिन पो हाउजी दुई दिन पो हाउजी, दिनको ५ सय मागेर छोराछोरीले हैरान पारिसके, एकअभिभावकले भने‘ सामाजिक काम गर्न हाउजी नै खेलाउनु पर्छ र ?

हाउजीमा प्रति टिकट १ सय रुपैया राखेर दिनहुँ लाखौ रुपैया संकलन गर्ने गरेका छन् । जसको कुनै हिसाबकिताब नै हुँदैन् । पोहोर साल खेलाइएको हाउजीको रकमले एकदुईबटा बत्ति बाल्नु शिवाय कुनै उल्लेख काम गरेको नपाइएको स्रोत बताउछ । हाउजी खेलौं साउजी बनौं भन्ने नारा भजाउदैं दिनहुँ उर्लाबारीमा खेलाइएको हाउजीमा हाउसफुल बिजेताले उद्घोष गरेजति रकम नपाएको गुनासो गरेका छन् ।

हाउसफुललाई ६० हजार रुपैंया दिनेभनिएकोमा कर भन्दै २५ प्रतिशत रकम कटाउदैं उल्टै सहयोग भन्दै थप रकम जर्वरजस्ती रकम माग्ने गरेका छन् । मोटरसाईकलमा पो कर हुन्छ,पैसामा के को कर कटाएको स्थानीय एक युवाले भने । साँझ परेपछि तरुनी भएकी छोरी अर्धनग्न लुगा लगाएर निस्कन्छ र राति कुनबेला आउँछ नआउन पनि सक्छ,अभिभावक बेखबर छन् । प्रहरी प्रसाशनले पनि सुरक्षा दिईरहेको छ भने मोरङका सडियो पनि मोटो रकम पाएपछि चुप छन् ।

No comments:

Post a Comment

watch first and then search