काठमाडौँ, ९ कात्तिक । नेकपा ९एमाले० स्थायी समितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थन गरी सो प्रस्तावका पक्षमा सहमति गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित नेकपा ९एमाले०को पार्टीको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै प्रस्तावका पक्षमा सहमति निर्माण गर्ने निर्णय गरेको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।
No comments:
Post a Comment