watch first and then search

watch first and then search

Tuesday, October 25, 2016

सुन्दै अचम्म : उमेर ९२, श्रीमती ९७ : नपत्याए अाफै हेराै



मोहमद बिलो अबुबकर नाइजेरियाका एक व्यस्त वृद्ध हुन् । ९२ वर्षीय मोहमद कुनै बेला धर्मगुरुसमेत थिए । तर, दर्जनौं महिलासँग विवाह गरेपछि उनीमाथि धार्मिक नियम तोडेको आरोप लागेको छ ।

सन् २००८ मा नाइजेरियाको एक अदालतले ८६ मध्ये ८३ मत्नीलार्य सम्बन्धविच्छेद गर्न वा सजाय भोग्न निर्देशन दिएको थियो । तर, मोहमदले बहुविवाहलाई भगवान्को वरदानका रुपमा व्याख्या गर्दै फैसलाप्रति चासो देखाएनन् । बरु अझै पत्नी थप्ने चाहना देखाए ।

लगत्तै उनी जेल परे र केही महिनापछि रिहा भए । अहिलेसम्म उनले एक सय सात जनासँग विवाह गरेका छन्, यद्यपि १० जना पत्नीसँग सम्बन्धविच्छेद भएको छ । गत साता उनको मृत्यु भएको हल्ला फैलियो । तर, मृत्युको हल्ला चिर्दै उनले पुनः विवाह गर्ने इच्छ व्यक्त गरेका छन् । ‘मैले जे गरेको छु त्यो दैवी कार्य हो । मृत्युको मुखमा नपुग्ने बेलासम्म विवाह गरिरहन्छु,’ मोहमदले नाइजेरियाको पत्रिका भानगार्डसँग भने ।

उनको धर्मले कम्तीमा चारजना महिलासँग विवाह गर्न अनुमति दिन्छ । तर, उनी धार्मिक बन्धनलाई चासो दिँँदैनन् । अल्लाहले यति धेरै पत्नी जुटाउन निर्देशन भने नदिएको उनी बताउँछन् । धेरै पत्नी जुटाउनुको उद्देश्यबारे उनी प्रतिप्रश्न गर्छन्, ‘जम्मा ९७ जना कसी धेरै पत्नी भए ?’ अझै बढी विवाह गर्ने उनको धोको छ । भन्छन्, ‘म अझै धेरै विवाह गर्ने योजनामा छु । बाँचुन्जेल म विवाह गरिरहने छु । तर म जे गर्दै छु त्यो उत्कृष्ट कार्य हो ।’

उनका एक सय ८५ जना सन्तान छन् । उनी पक्राउ पर्दा उनका सबै पत्नीले मोहमद असल पति भएको बताए । सन्तानका नजरमा पनि उनी असल पिता हुन् ।

No comments:

Post a Comment

watch first and then search