watch first and then search

watch first and then search

Tuesday, October 25, 2016

सरकारी धानको विउमा मिसावाट भएपछि बाँकेका कृषकहरु मर्कामा



नेपाल सरकारले वितरण गरेको धानको बिउ गुणस्तरहिन भएको भन्दै बर्दियाका किसानहरुले क्षतिपूर्तीको माग गरेका छन् । मानो रोपेर मुरी भित्राउने समयमा आफूहरुले मकवानपुर १ जातको धानको बिउमा बाली फल्दा १७ थरीका जात भेटेपछि चिन्तित भएका किसानहरुले क्षतिपूर्तीको माग गरेका हुन् ।

नेपाल सरकारको राष्ट्रिय बिउ विजन कम्पनीको ४० प्रतिशत अनुदानमा बर्दियामा बागेश्वरी एग्रोसिट कम्पनीसंग बिहानी मध्यवर्ति बहुउदेश्य सहकारी संस्था, पाताभार र श्री हथिया बाबा कृषी सहकारी संस्था, राजापुरले खरिद गरी किसानलाइ वितरण गरेको मकवानपुर १ नामक बिउमा समस्या देखिएको बर्दियाका किसानहरुले बताएका छन् । मकवानपुर १ लट नम्बर ७ भनेको धानबालीमा १७ वटा सम्मका जात भेटिएपछि बर्दियाका पाताभार गाविसका १ सय १० , गोला गाविसका ७० र राजापुर नगरपालिकाका १ सय ३१ गरी ३ सय ११ घरधुरीका किसान मारमा परेको खाद्य अधिकार सञ्जाल बर्दियाका संयोजक विष्णु तिमिल्सीनाले बताउनुभयो ।

कुनै धान पाकेको , कुनै भर्खर पसाउन लागेको,कुनै जुँगा लागेको,कुनै अग्ला,कुनै होचा,कुनै नपसाएको किसानहरुले बताए । उक्त धान लगाइएको ४ सय विगााहा क्षेत्रफलमा क्षति पुग्दा धानबाटै गुजारा गर्ने किसानहरु मार्कामा परेको बर्दिया राजापुरका किसान मधुसुन पण्डितले बताउनुभयो ।

राष्ट्रिय बिउ बिजन कम्पनिको सिफारिसमा नेपालगन्ज स्थित बागेश्वरी एग्रोसिडले वितरण गरेको बिउका कारण आफूहरुले यस वर्ष धान भित्राउन नपाएको भन्दै आफ्ना समस्याहरुको समाधान गरिदिन माग गर्दै बाँकेको नेपालगन्ज आएका बर्दियाका किसानहरुले आफूहरुले भोग्नु परेको समस्या बारेमा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाइ अवगत गराएका छन् । किसानहरुले दर्शाएको समस्याको समाधान हुने भन्दै किसानहरुलाइ सकरात्मक हुन बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थल आग्रह गर्नुभयो ।
बिउ वितरण गर्ने बागेश्वरी एग्रोसिट कम्पनीले पनि गल्ती स्वीकार गरेको छ । किसानहरुलाइ क्षतिपूर्ती दिने सहमति भएपनि कार्यन्वयनमा भने चुनौती देखिएको जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताउँनुभयो । बाइट ः रावत

जिल्ला कृषि विकास कार्यालय बाँके र बर्दियाको आयोजनामा बिउ विजन गुणस्तरमा देखिएको समस्या समाधान र क्षतिपूर्तको लागि सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रियामा सहभागी हुन बर्दियाका किसानहरु बाँकेको नेपालगन्ज आएका थिए ।

No comments:

Post a Comment

watch first and then search