watch first and then search

watch first and then search

Tuesday, October 18, 2016

‘कोरला नाकामा आन्तरिक पर्यटक बढे’



बेनी (म्याग्दी)। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ ।सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गर्न थालेका हुन् ।

पश्चिमाञ्चल क्षेत्रका व्यापारी दसैँको बिदा मनाउन नाका अवलोकन गर्न थालेको लोमान्थाङका स्थानीय सुवर्ण विष्टले जानकारी दिनुभयो । “नाका खुले व्यापारिकरुपमा कसरी लाभ लिन सकिन्छ भन्ने नै व्यापारीको भ्रमणको मुख्य उद्देश्य हुने गरेको छ, उहाँले भन्नुभयो “दसैँलगत्तै लोमान्थाङ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक २०० को हाराहारीमा पर्यटक त्यहाँ पुग्ने गरेको विष्टको भनाइ छ ।
लोमान्थाङबाट आधा घन्टाभित्र सवारीसाधनमै कोरलानाका पुग्न सकिन्छ । जीर्ण भएपनि नाकासम्म सडक सञ्जाल पुगेपछि सर्वसाधारणको पहुँच बढ्दै गएको हो ।सीमा क्षेत्रमा चिनियाँ पक्षले सुरक्षामा कडाइ गर्ने भएकाले धेरै बेरसम्म बस्न नपाइने त्यहाँ पुगेका म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यको भनाइ छ । “नाका सञ्चालनका विषयमा हामीले आफ्नो ठाउँबाट व्यापक दबाब दिइरहेका छौँ, यो जसरी पनि खुल्नुपर्छ,” शाक्यले बताउनुभयो ।

No comments:

Post a Comment

watch first and then search