घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीका अनुसार स्थानीय समयानुसार साँझ करिब ८ बजे सो आगलागी भएको थियो । ‘इन्स्टिच्युड अफ मेडिकल साइन्स एण्ड सुम हस्पीटल’को सघन उपचार कक्ष (आइसियु ) आगलागी भएको हो । आगलागी भएको करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भई आगलागी भएको स्थानीय टेलिभिजनहरुले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगालागीमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । “उडिसामा भएको घटनाबाट म मर्माहित भएको छु,” मोदीले ट्विटरमार्फत बताएको छ ।
No comments:
Post a Comment