कार्तिक, ०१ सल्यान । सल्यान मुलखोला–६ तारुपारे मेला हेरेर घर फर्कदै गर्दा मुलखोला–१ देउली र मुलखोला–२ डोप्केका युवाहरु बीच बाटोमा झडप भएको छ ।
झडपमा मुलखोला–२ डोप्केका ३० वर्षका मोतिलाल बुढा घाइते भएका छन । घाइते बुढाको बाँकेको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेको टाउकोमा र बायाँ हातमा चोट लागेको छ । दुबै समूहका युवाहरू सामान्य घाइते भएका छन् । मेलामा गएर साँझ ७ बजेतिर फर्किदा दुबै गाउँको बाटो छुट्टिने पोखराखालीमा झडप भएको हो ।
No comments:
Post a Comment