watch first and then search

watch first and then search

Monday, October 17, 2016

नम्बर प्राइवेट बनाउन अपनाउनुहोस् यी उपाय





प्रविधिले फड्को मारेसँगै धेरै कुरालाई सहज पनि बनाएको छ । हामी कतिले याद गरेका छौ, कहिले काहि फोन आउँदा हाम्रो फोनको स्क्रिनमा अननोन नम्बर मात्र देखिन्छ ।

यसो गर्न प्रविधिले नै सघाएको हो । यसो गर्न सजिलो छ । हामीले कलर आईडी ब्लक गरेर नम्बर प्राईभेट गर्न सक्छौ । यसले धेरै ठाउँमा हामीलाई सुरक्षित पनि बनाउँछ ।

के हुन्छ?
हामीले जुन जुक्ति लगाएका छौ त्यो गर्यो भने १० डिजिटको नम्बरबाट फोन गर्दा “प्राईभेट नम्बर कलिङ्ग”भनेर आउँछ । यो ट्रिक प्रयोग गर्दा कसैको पनि फोनमा हाम्रो फोन नम्बर देखिदैन । यसले हाम्रो कल आईडी ब्लक हुन्छ ।

कसरी गर्न?

फोन अनुसार यो प्रक्रिया भिन्नै हुन्छ । आज हामी फोनका साथै प्रक्रियाका बारेमा चर्चा गर्छौ–

एन्ड्रोईड ४.० र त्यस अघिको यूजर्सको लागि

स्टेप १ःएन्ड्रोईड यूजर्सहरु शुरुमा सेटिङ्गमा जाने

स्टेप २ःत्यसपछि कलमाथिच्ने

स्टेप ३ःत्यसपछि एडिसनल सेटिङ्गमा गएर कलर आईडी थिच्ने

स्टेप ४ःअन्तिममा हाईड उपसनमा क्लिक गर्न

यो प्रक्रियापछि प्राईवेट नम्बरबाट डिसप्ले आउँछ ।

एन्ड्रोईड ४.१ र त्यस पछिको यूजर्सको लागी

यदि हाम्रो फोनमा एन्ड्रोईड ४.१ र त्यस पछिको सेटिङ्ग छ भने पनि अलि बेग्लै सेटिङ्ग हुन्छ । त्यसको लागि हामीले तलको स्टेप अपनाउनु पर्छ–

स्टेप १ःशुरुमा फोन याप खोल्ने । त्यस माथिको ३ डट किल्क गर्ने ।

स्टेप २ःत्यसपछि कलमा क्लिक गरेर मोर सेटिङ्ग खोल्ने ।
स्टेप ३ःयति गरिसकेपछि सा ेमाई कलर आईडी थिच्ने ।
यो प्रक्रिया पछि प्राईवेट नम्बरबाट डिस्प्ले आउँछ ।

आईफोन यूसर्जका लागि

स्टेप १ःआईफोन यूसर्जले शुरुमा सेटिङ्गमा क्लिक गर्ने । त्यहाँ अपसन आउँछ ।
स्टेप २ःअप्सनमा सो माई कलर आईडी आउँछ । यसमा क्लिक गरेर यो अप्शनलाई अफ गरिदिने ।
यस पछि हाम्रो नम्बर हाईड हुन्छ।

विन्डोज यूजर्सका लागि
स्टेप १ः विन्डोज यूसर्जले आफ्नो फोनमा गएर मोर अप्सनमा क्लिक गर्ने ।
स्टेप २ः त्सपछि सेटिङ्गमा जाने र शो माई कलर आईडी क्लिकगर्ने ।

यो प्रक्रिया पछि आफ्नो हिसाबमाअप्सन सेलेक्ट गर्न सक्छौ ।
यो गरिसकेपछि प्राईवेट नम्बरबाट डिस्प्ले आउँछ

No comments:

Post a Comment

watch first and then search