watch first and then search

watch first and then search

Monday, October 17, 2016

प्यूठानको जंगलमा फेला परे एक महिनाका बेवारिसे शिशु



कात्तिक, ०१ प्यूठान । प्यूठानको एक जंगलमा करिव एक महिनाको शिशु ९बालक०फेला परेको छ । नयाँगाउँको जसपुर जंगलमा बेवारिसे बच्चा फेला परेको हो ।

प्रहरीले जिल्ला अस्पताल विजुवारमा शिशुको स्वास्थ्य परीक्षण गरेर महिला तथा बालबालिका कार्यालयको जिम्मा लगाएको छ ।स्वर्गद्वारी माइतबाट दशैं मनाएर फर्कंदै गर्दा बिजुली-८ निवासी सिर्जना थापाले आइतबार दिउँसो शिशु भेटाएकी थिइन् ।

सो शिशुलाई सोमबार उनले प्रहरीको जिम्मा लगाएकी छन् । शिशुको स्वास्थ्य अवस्था ठीक रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला बाल अधिकार अधिकृत यादप खनालले जानकारी दिए ।

प्रहरीले आवश्यक स्थलगत अनुसन्धान थालेकाले कानुनी प्रक्रिया पूरा गरी शिशुको हेरचाहको व्यवस्थापन गरिने उनले बताए । शिशुलाई अहिले महिला तथा बालबालिका दिवा आवास केन्द्रमा राखिएको छ ।

No comments:

Post a Comment

watch first and then search