watch first and then search
watch first and then search
Monday, October 17, 2016
बजार थर्काउने आवाजमा बाईक कुदाउनेहरुलाई प्रहरीले कारबाही गर्न थाल्यो
०१ दाङ । प्रहरीले साईलेन्सर फोडेर बजार थर्काउने आवाजमा बाईक कुदाउनेहरुलाई धमाधम कारवाही थालेको छ ।
बाईक मोडिफाई गर्ने , सकर उठाउने र चर्काै आवाजमा कुदाउनेहरुलाई प्रहरीले कारवाही थालेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक सञ्तोष रोकाले जानकारी दिए ।
बजारमा त्रास फैलाउने गरि बाईक कुदाउनेलाई कारवाही सुरु गरिएपछि तुलसीपुर बजारमा केही दिन यता त्यसता बाईक कुदाउनेहरु नदेखिएको प्रवक्ता रोकाले बताए । उनले भने ‘ नयाँ डिएसपी आएसंगै यो अभियान थालिएको हो र हामीले चर्को आवाज निकालेर बाईक कुदाउनेहरु देख्नेवित्तिकै लखेटेर समातेका छौं ।’
उनले यो अविधिमा ठूलो आवाज पारेर बाईक कुदाउने दुईजनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरमा पठाइएको जानकारी दिए ।
पक्राउ परेकाहरुले पहिलो पटक जरिवाना स्वरुप प्रति मोटरसाईकल ५÷५ हजार जरिवना तिर्नुपर्ने हुन्छ । यो पहिलो पटक चेतावनी स्वरुप गरिएको र दोस्रो पटक फेरि पक्राउ परेमा झनै ठूलो जरिवाना र कारवाही हुने प्रवक्ता रोकाले बताए ।
तुलसीपुरबाट १० जना युवा पक्राउ
यसैविच ईलाका प्रहरी कार्यालय तुलसीपुरले आइतवार राति तुलसीपुर बजार क्षेत्रवाट १० जना युवालाई पक्राउ गरेको छ । मध्यरातको समयमा ग्रुप बाँधेर हिड्को , मदिरा सेवन गरेको , होहल्ला गरेको आरोपमा पक्राउ गरिएको प्रबक्ता रोकाले बताए ।
दशैंको मुखैमा तुलसीपुर ६ बरुवा गाँउमा तल्लो र माथिल्लो ग्रुपविच लखेटा लखेट चलेको थियो । तरवाल र खुकुरीले एउटा मोटरसाईलमा आक्रमण भएको थियो ।
तर मानविय क्षति भने हुन पाएको थिएन । उक्त घटनापछि तुलसीपुर क्षेत्रमा सम्भावित ग्रुप भिडन्त र क्षति नियन्त्रणका लागि प्रहरीले कडा निगरानी बढाएको दावि गर्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment