watch first and then search

watch first and then search

Friday, October 14, 2016

प्रधानमन्त्री दाहाल शनिबार गोवा जाँदै

काठमाडौँ, २८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।





शनिबारदेखि नै सुरु हुने सम्मेलनले दुई समूहबीच साझेदारीका क्षेत्र पहिल्याउन महत्वपूर्ण अवसर प्रदान गर्ने आशा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ ।

No comments:

Post a Comment

watch first and then search