watch first and then search

watch first and then search

Sunday, October 23, 2016

एउटै स्यालले २८ जनालाई टोक्दा एकको मृत्य, घाइते भएकाको उपचार हुँदै






रौतहट, ७ कात्तिक । रौतहटमा स्यालको टोकाइबाट घाइते भएका २८ जना मध्ये एक जनाको ज्यान गएको छ । गएको असोज १८ गते स्यालले टोक्दा रौतहटका २८ जना घाइते भएका थिए ।

घाइते मध्ये रौतहटका शिक्षक वसन्त यादवको उपचारका क्रममा शुक्रबार ज्यान गएको हो । गएको असोज १८ गते स्यालको टोकाइबाट घाइते भएका गरुडा नगरपालिकाका ३२ वर्षे यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । आँखा र टाउकामा चोट लागेका शिक्षक यादवको ज्यान गएपछि आइतबार रौतहटका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । शिक्षक संघ रौतहटले शोक विज्ञप्ती निकाल्दै आइतबार रौतहटका सबै विद्यालय बन्द गरेको हो ।

स्यालको टोकाइबाट रौतहटमा २८ जना घाइते भएका थिए । जस मध्ये १७ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । सामान्य घाइतेहरुको भने स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

No comments:

Post a Comment

watch first and then search