watch first and then search

watch first and then search

Sunday, October 23, 2016

निलम्बित अख्तियार प्रमुख विरुद्ध विद्यार्थीको प्रदर्शनमा कार्कीको




नेपालगन्ज, ८ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अभिलम्ब महाअभियोग लगाएर हटाउन माग गर्दैैै ८ विद्यार्थी संगठनले नेपालगन्जमा प्रदर्शन गरेका छन् । विद्यार्थी संगठनले प्रमुख आयुक्त कार्कीलाई अभिलम्ब महाअभियोग लगाएर हटाउन राजनीतिक दललाई दबाब दिएका छन् । गणेशमान चोकबाट सुरु भएको विद्यार्थीको प्रदर्शन विपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघसहितका विद्यार्थी संगठनले लोकमान सिंह कार्कीका विरुद्ध दायर गरिएको महाअभियोग प्रस्ताव सफल बनाउन आ–आफ्नो दलका नेताहरुलाई दवाव दिएका छन् । प्रदर्शनमा उत्रीएका विद्यार्थीले कार्की विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।


प्रदर्शनपछि विद्यार्थीले विपी चोकमा कार्कीको पुत्ला दहनसमेत गरेको अनेरास्ववियू बाँकेका अध्यक्ष मोहित शाहले जानकारी दिए । विपि चोकमा भएको कोण सभामा बोल्दै अनेरास्ववियू शाहले महाअभियोग लगाएर तत्काल नहटाए कडा आन्दोलन गर्ने चेतावनी दिए । सो कोण सभामा बोल्दै अखिल क्रान्तिकारीका प्रदेश नं. ६ का इन्चार्ज धर्म न्यौपाने, नेविसंघका चक्र रावत लगायतले कार्कीलाई महाअभियोग लगाउन ढिलाई नगर्न राजनीतिक दललाई दबाब दिए ।

No comments:

Post a Comment

watch first and then search