नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) अवार्डको ९ औं संस्करणको उतकृष्ट पाँच मनोनयन सार्बजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमको अवसरमा आगामी पौषको ८ गते(डिसेम्बरको २३) युएईको दुबईमा हुँदै गरेको उक्त अवार्डको उत्कृष्ट पाँच मनोनयनमा परेका नोमिनीहरुको नाम सार्बजनिक भएको हो । पाँच सदस्यिीय जुरीहरुको बैज्ञानीक मुल्याङन मार्फत उत्कृष्ट पाँचमा परेकाहरुको नाम नेफ्टाद्धारा सार्बजनिक भएको छ ।
नेपाल चलचित्र प्राबिधिक संघ(नेफ्टा),स्पेक्ट्रम एडभरटाईजिङ एण्ड मिडिया कन्सल्ट्यान्ट र कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिब्युशन प्रालिको संयुक्त आयोजनामा हुदै गरेको नेफ्टा अवार्डको ९ औं संस्करण दुबईको अल नासार लिजरल्याण्डस्थीत आईस् रीङकमा भब्यताका साथ सम्पन्न गर्ने आयोजकको भनाई रहेको छ । नेपाल चलचित्र प्राबिधिक संघका अध्याक्ष पुष्कर लामाका अनुसार नेफ्टा अवार्ड अन्य अवार्डहरुको तुलनामा उत्कृष्ट अवार्ड हुने बताएका छन् । उक्त अवार्डका लागी प्राबिधिक संघले पुर्ण रुपमा तयारी गरिरहेको पनि बताएका छन् ।
९ औं नेफ्टा अवार्डमा जम्मा ३१ बिधाका विभिन्न अवार्डहरु प्रदान गरिने भएको छ । मनोनयनमा परेका उत्कृष्ट पाँच फिल्महरुमा क्लासिक,कबड्डी कबड्डी, प्रेमगीत,पशुपति प्रसाद र वडा नम्बर छ रहेका छन् । त्यस्तै वर्षको उत्कृष्ट पाँच अभिनेताहरुमा आर्यन सिग्देल,सौगात मल्ल,नाजिर हुसेन, दयाहाङ राई र खगेन्द्र लामिछाने मनोनयनमा परेका छन् । नेफ्टा अवार्डको ९ औं संस्करणमा २०७२ सालमा रीलीजमा आएका साबै फिल्महरुलाई समाबेश गरिएका छन् ।
नेफ्टा अवार्डको ९ औं संस्करणको उत्कृष्ट पाँचमा परेका परेकाहरुको नामावली निम्नानुसार छन् :
No comments:
Post a Comment