watch first and then search

watch first and then search

Sunday, October 23, 2016

सरकारी सेवा प्रभावकारी बनाउन २५ बुँदे धुन्चे प्रतिबद्धतापत्र घोषणा जारी



सचेत घिसिङ – रसुवा । आधुनिक राज्यमा नागरिक शिक्षाको महत्व विषयक २ दिने गोष्ठी २५ बुँदे धुन्चे प्रतिबद्धतापत्र घोषणा गर्दै आतबार सम्पन्न भएको छ । सरकारी सेवा प्रभावकारी बनाई ग्रामीणवासीको काम छिटो छरितो सम्पादन गर्न २५ बुँदे धुन्चे प्रतिबद्धतापत्र पारित गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपक केसीले जानकारी दिनुभयो ।


उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालद्वारा तयार पारिएको उक्त २५ बुँदे प्रतिबद्धतापत्र रसुवामा कार्यरत राष्ट्रसेवक कर्मचारी नागरिक समाज स्थानीय बुद्धिजीवि र राजनीतिक दलहरुलले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिबद्धतापत्रले स्थानीय जनताले राज्यबाट पाउने सुविधाहरुको प्रभाकारीमा सहयोग पुग्ने नेकपा माओवादी केन्द्र रसुवाका नेता उद्धव रिजालले बताउनुभयो । रिजालले राजनीतिक दलहरुले पनि जनताप्रति जफावदेही हुनुपर्ने र राजनीतिक दलहरुले आफ्नो दलको छविलाई धमिल्याउने भन्दा कानुनको उल्लघन हुनेहुँदा जनता सचेत हुनपर्नेमा जोड दिनुयभो । जनताको सेवामा लागेको संघसस्था कार्यलय तथा राजनीतिक दलहरुले जनतालाई दिने सेवा सुविधा तथा सुचना छिटो छरितो दिनुपर्ने र यस प्रतिबद्धतापत्रले थप जिम्मेवार र जफावदेही बनाउन सहयोग पुग्ने उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले बताउनुभयो । उहाँले जनतालाई सेवा दिन आनाकानी गर्ने जो कोहीलाई पनि कानुनले नछोड्ने भएकाले जनतालाई सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गर्नुभयो । यसैगरी प्राध्यापक देवराज दाहालले नागरिक सक्रिय र सक्षम भएमा राज्य संक्षम हुने हुदाँ यस प्रतिबद्धतापत्रले नागरिकको अधिकार नागरिक सक्रिय बनाउन सहयोग पुग्ने बताउनुभयो । सो प्रतिबद्धतापत्रमा कर्मचारी बिदा बस्दा वैकल्पिक व्यवस्था मिलाउने साप्ताहिक र मासिक रुपमा कामको समीक्षा गर्ने सार्वजनिक सेवामा अहोरात्र केन्द्रित रहने, सबैखाले विकासको कामलाई द्रुतरुपमा अगाडि बढाउने, मितव्ययिता र पारदर्शी नीतिलाई आत्मसात् गर्ने, सार्वजनिक सुनुवाइको कार्य गर्ने÷गराउनेजस्ता विषयवस्तु समावेश गरिएको छ ।

No comments:

Post a Comment

watch first and then search