काठमाडौँ, ३० असोज । अस्ट्रेलिया महादेशको कोजियस्को तथा अफ्रिका महादेशको किलिमन्जारो सर्वोच्च शिखरमा उल्टो हिँडेर आरोहण गरी कीर्तिमान कायम गरेवापत पर्वतारोही सञ्जय पण्डितलाई आज यहाँ एक समारोहबीच सम्मान गरियो ।
सो अबसरमा पूर्वअध्यक्ष लामिछानेले पर्वतारोहणका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन उल्लेखनीय भूमिका निर्वाह गरे वापत पर्वतारोही पण्डितलाई सम्मान गरिएको बताउनुभयो ।
लामिछानेले उक्त सम्मान व्यक्तिगत रुपमा गर्नुभएको जनाएको छ ।
पण्डितले सगरमाथा, मनास्लु, युरोपको एल्ब्रुस, तन्जिÞनियाको मेरु लगायतका हिमशृङ्खलाको आरोहण गरिसक्नुभएको छ । यो वर्षको अन्त्यसम्ममा उहाँले अन्टारटिकाको उच्च शिखरको आरोहण गर्ने तयारीमा जुटेको बताउनुभयो ।
No comments:
Post a Comment