watch first and then search

watch first and then search

Sunday, October 16, 2016

प्रधानमन्त्री दाहालले श्रीलंकाका राष्ट्रपतिसँग भने, : नेपालीलार्इ सुनाइएकाे‘मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्नुस्’



भारत ।प्रधानमन्त्रीले लागुऔषधको अभियोगमा श्रीलङ्काले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।गोवाको लीला होटलमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्ना नागरिकले श्रीलंकामा मृत्युदण्डको सजाय पाएको उल्लेख गर्दै उक्त निर्णय पुनःविचार गर्न आग्रह गरेका हुन् ।

त्यस्तै प्रधानमन्त्री दाहालले नेपालबाट श्रीलङ्का हुँदै खाडी मुलुकमा नेपाली महिला लगिने काम रोक्नका लागि राष्ट्रपतिसँग अनुरोध गरे ।भेटमा श्रीलङ्काली राष्ट्रपति श्रीसेनाले नेपालसँग श्रीलङ्काको सम्बन्ध मैत्रीपूर्ण रहेको स्मरण गराउँदै सार्क सम्मेलन आयोजनाका लागि दुवै देश मिलेर पहल गर्नुपर्ने बताउँदै नेपालले राखेको चासोप्रति श्रीलङ्का सकारात्मक रहेको स्पष्ट पारे ।

No comments:

Post a Comment

watch first and then search