watch first and then search
watch first and then search
Sunday, October 16, 2016
१५ वटा सवारीका साधान कारबाहीमा
दोलखा (जिरी) / दसँैं सकिएलगत्तै इलाका प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले सवारी साधनको जाँचलाई कडा बनाएको छ ।
जिरीबाट मैनापोखरी हुँदै राजधानीलगायत विभिन्न ठाउँका लागि छुटेको सवारी साधानमा र अन्य क्षेत्रबाट तामाकोसी नाम्दु हुँदै जिरी आउने सवारी साधानमा प्रहरीले जाँचलाई कडा बनाएको हो ।असोज २९ गतेबाट जिरीदेखि नाम्दुसम्मसुरु गरिएको जाँचको क्रममा पहिलो दिन १५ वटा विभिन्न सवारीका साधान कारबाहीमा परेका छन् । जिरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेशकुमार कार्कीकाअनुसार सवारी जाँचको क्रममा एउटा मोटरसाइकल मापासेमा र पाँचवटा मोटरसाइकल हेल्मेट नलगाई चलाएको, तीनजनाजनाको लाइसेन नभएको पाइएको हो ।त्यस्तै पाँचवटा यात्रुबाहक बस पनि कारबाहीमा परेका छन् । सिट क्षमता भन्दा बढी यात्रु बोकेको, जथाभावी यात्रुको सामान राखेको पाइएकाले ती बसलाई कारबाही गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । कारबाहीमा पर्नेमा तीनवटा बोलेरो गाडी र एउटा मिनि ट्रक पनि रहेको छ । तीनवटा यात्रुबहाक बसले जरिवाना तिर्न नमानेपछि यात्रुबहाक बसको कागजपत्र प्रहरीले लिएको सो कार्यालयले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment