watch first and then search

watch first and then search

Sunday, October 16, 2016

चारलाखभन्दा बढी भूकम्पपीडितलाई पहिलो किस्ता



काठमाडौँ, ३० असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका चार लाख २० हजार ८२२ पीडितलाई पहिलो किस्ताको अनुदान वितरण गरेको छ ।



हालसम्म चार लाख ३७ हजार ४६९ घरधनीलाई पहिलो किस्ताको रु ५० हजार भुक्तानीका लागि सिफारिस गरिएको

हालसम्म चार लाख ३७ हजार ४६९ घरधनीलाई पहिलो किस्ताको रु ५० हजार भुक्तानीका लागि सिफारिस गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।

“दसैँका कारण केही दिन अनुदान सम्झौता र पहिलो किस्ताको रकम वितरणमा ढिलाइ भए पनि शुक्रबारदेखि काम सुरु गरिएको छ, काठमाडौँमा ५५ हजार घरधनीसँग अनुदान सम्झौताको काम सुरु गर्ने तयारी भएको छ”– उहाँले भन्नुभयो ।

यसअघि भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोट गरी ११ जिल्लामा अनुदान सम्झौता गरी पहिलो किस्ताको रु ५० हजार लाभग्राहीको बैंक खातामा हाल्ने काम भइरहेको थियो । ललितपुरको बुङ्मतीका चार घरधनीसँग अनुदान सम्झौता गरी पहिलो किस्ता दिइएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागले काठमाडौँमा एक लाख १५ हजार ६७१ घरधनीलाई पुनःनिर्माणका लागि अनुदान दिनुपर्ने सूची प्राधिकरणमा बुझाएको छ जसमध्ये ५५ हजारलाई पहिलो चरणमा तत्काल अनुदान सम्झौता गर्नेगरी तयारी सुरु गरिएको हो ।

तिहारअघि नै ललितपुर र भक्तपुरमा पनि अनुदान सम्झौता सुरु गरिने प्रवक्ता थपलियाले बताउनुभयो ।

No comments:

Post a Comment

watch first and then search