watch first and then search

watch first and then search

Sunday, October 16, 2016

विवाहप्रति नकारात्मक धारणा बनाएकाहरुले बझ्नुपर्ने यी कुरा….



विवाह यस्तो बन्धन हो जहाँ दुईजनाले एक अर्कालाई प्रेम र विश्वासले सर्पोट गर्ने काम गर्छन् । कतिले भन्लान् विवाह कतिलाई फाप्छ कतिलाई फाप्दैन । विवाहलाई नकारात्मक विचारले हेर्ने समेत धेरै नै रहेका छन् । कतिपय भने विवाह जीवनको एक महत्वुर्ण भाग हो भन्दै हरेक तवरबाट मर्यादित बनाउँदै जीवन जिउने गर्छन् ।

विवाह गरेर के फाइदा छ दुखैदुख छ भन्नेहरुको जमात पनि हाम्रो समाजमा ठुलै रहेको छ । विवाहप्रति नकारात्मक धारणा रहेका र कुमार अथवा कुमारी वस्न चाहानेले एकपटक यो पनि पढ्ने कि । विवाह गर्नाका मुख्य पाँच फाइदा रहेका छन् ।

१. मानिस विश्वास गर्न थाल्छ

विवाह पश्चात मानिस विश्वास गर्न थाल्छ । यसले एकअर्काप्रति विश्वास गरेर अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकाउँछ । कुमारी केटीहरु विवाह भएका केटाहरुप्रति विश्वास गर्छन् ।

२. धेरै पैसा कमाउन थाल्छन्

परिवार चलाउन पैसाको आवश्यकता पर्छ । यो कुरालाई मनन गर्दै पारिवारिक दायित्व पुरा गर्नु पर्ने धारणाको विकास गर्न । तथा पैसा जोगाउनु पर्छ भन्दै अनावश्यक खर्च गर्न पनि कम हुन्छ ।

३. भावनात्मक सर्पोट मिल्छ

मानिसलाई अन्य कुराको सर्पोटभन्दा पनि भावानात्क सर्पोटको अधिक आवश्यकता पर्छ । भावानात्मक रुपमा सर्पोट नमिल्दा मानिस मानसिक रुपमा कमजोर हुनेगर्छ । विवाह पश्चात राम्रो सम्बन्ध कायम हुन सकेमा मानिसको वैवाहिक जीवन सफल हुने मानिन्छ ।

४. खुसी मिल्छ

समाज वैज्ञानिकका अनुसार विवाह पश्चात श्रीमान श्रीमति एकअर्काको पिर मर्का साटासाट गर्छन् । जसका कारण एक अर्कालाई खुसी बनाइ राख्न उनीहरु प्रयन्त रहिरहेका हुन्छन् ।

५. सन्तान सुख

आफ्ना सन्ताहरुप्रतिको मोह कस्तो हुन्छ ? यो सायद हरेक मातापिता र सन्ताहरुलाई थाहा छ । सन्तान सुख पाउनुले मानिसको जीवनमा बेग्लै बहार ल्याइदिने गर्छ । विवाह पश्चात परिवारमा सन्तानहरुको आगमनले पनि ठुलो खुसी दिनेगर्छ ।

No comments:

Post a Comment

watch first and then search