watch first and then search

watch first and then search

Sunday, October 16, 2016

भूवन-अनमोलको दशैंमा जीया केसी पनि



लिभिङ टूगेदरका कारण चर्चामा रहेका नायक भूवन केसी र नायिका जीया केसीले आजसम पनि यो कुरालाई स्विकार गरेका छैनन् ।

चलचित्रमा उत्तेजक दृश्य दिएर चर्चामा रहेपनि सफल हुन नसकेकी जीया अहिले यो क्षेत्रबाट टाढा छिन् । चलचित्र क्षेत्रबाट टाढा रहँदै उनले भूवन केसीसँग लिभिङ टूगेदरमा रहने निर्णय गरिन् ।

तर, भूवनले आजसम्म जीयालाई आफ्नो मिल्ने साथी मात्र मान्दै आएका छन् । तर, वुधबार विजयादशमीको दिनमा जीया पनि भूवनको परिवारमा सामेल भएर टिका लगाएकी छिन् ।

अनलाइनखबरलाई प्राप्त तस्बिरमा नायक केसी, छोरा अनमोल केसीका साथमा जीया पनि छिन् । जो टिका लगाएर भूवनको परिवारसँग तस्बिर खिचाइरहेको देख्न सकिन्छ ।

यसको मतलब जीया भूवनको एक सदस्य नै भैसकेको पुष्टी हुन्छ । भूवन पूर्व पत्नी सुस्मिता केसीलाई यो तस्बिरमा देखिएको छैन । तर, जीयालाई भूवन, अनमोल र उनको परिवारसँगै देखिनुले पनि दुई कलाकारको सम्बन्ध प्रष्ट हुन्छ ।

No comments:

Post a Comment

watch first and then search