watch first and then search

watch first and then search

Monday, October 24, 2016

नेपालमा ताजा विर्यबाट बंगुरको कृतिम गर्भधारण प्रविधिको विकास



मनोज भुजेल,सुनसरी । नेपालमा पहिलो पटक ताजा विर्यबाट बंगुरको कृतिम गर्भधारण प्रविधिको विकास गरिएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरीले सामर्थ नेपालको प्राविधिक सहयोगमा उक्त प्रविधिको विकास गरेको हो ।


यस प्रविधिले उन्नत नश्लको बंगुरबाट विर्य निकालेर अन्य दर्जनौं पोथि बंगुरको पाठेघरमा राखिन्छ । प्राकृतिक प्रक्रियाबाट पोथि वंगुुरलाई गर्भधारण गराउँदा एउटा भाले बंगुरको विर्य खेर जाने हुनाले यस पद्धतिबाट गरिएको विर्य संकलनले १० देखि २५ वंगुरलाई गर्भधारण गराउन सकिने केन्द्रका वैज्ञानिक रामदेव पण्डितले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस अघि अमेरिकाबाट आउने उन्नत जातको वंगुरको विर्य कृषकले पालेका वंगुरलाई कृतिम गर्भधारण प्रक्रियाबाट लगाइन्थ्यो । तर यो निकै खर्चिलो र जटिल हुने गरेकाले दातृ संस्थाको सहयोगमा नविन प्रविधि भित्र्यिाइएको हो ।कृषि केन्द्रले पुर्वाञ्चलका विभिन्न क्षेत्रमा व्यवसायिक रुपमा समेत बंगुर पालेका किसानलाई सहुलियतमा बंगुरको विर्य प्रदान गर्ने गरेको छ । यस प्रक्रियाबाट संकलन गरिएको बंगुरको विर्यबाट जन्मेका बंगुरले परम्परागत प्रक्रियाबाट पालिएका बंगुर भन्दा दोब्बर मुनाफा दिने गरेको अनुसन्धानले देखाएका छन् ।केन्द्रका प्रमुख डा. हरिकृष्ण श्रेष्ठले किसानलाई शुद्ध नश्ल जातका बंगुरको विकास गरे पछि आयआर्जनमा थप मद्दत पुुग्ने बताउँनुभयो । उहाँले यसरी ताजा विर्यबाट गर्भधारण गर्दा करिव ७ महिनाकै अवधिमा १ सय १० केजी सम्मका बंगुर हुने दाबी गर्नुभयो ।
केन्द्रले यो प्रविधिलाई समुदायमा पुर्याउन समुदायकै १५ व्यक्तिलाई दक्ष प्राविधिकको रुपमा विकास गरेको छ । उनिहरुले समुदायमा कृषकले पालेका बंगुरमा कृत्रिम गर्भधारण गराउने देखि कम लागतमा कसरी बढि मुनाफा लिन सकिन्छ भन्ने कुराको जानकारी दिने गरेका छन् ।
यसरी समुदायमा पुुगेर अनुसन्धान पद्धतिबारे थप ज्ञान प्रदान गरे सरकारले लिएको कृषकमैत्री लक्ष्य पुरा गर्ने अभियानमा इँटा थप्न सकिने केन्द्र प्रमुख श्रेष्ठले बताउँनुभयो ।

No comments:

Post a Comment

watch first and then search