watch first and then search
watch first and then search
Monday, October 24, 2016
प्रभावकारी ढंगले काम गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीयस्तरको विकास र प्रशासन सञ्चालनका लागि एकीकृत र समन्वयात्मक रुपमा अघि बढ्न मातहतका निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार भौतिक योजना तथा निर्माण, स्थानीय विकास, ऊर्जा, खानेपानी, अर्थ, गृहलगायत मन्त्रालयका सचिव र सम्वद्ध अधिकारीहरूलाई प्रधानमन्त्री दाहालले सबै निकायले काम गरे पनि आपसी समन्वय हुन नसक्दा प्रभावकारिता नदेखिएको भन्दै समन्वय गरी अघि बढ्न निर्देशन दिएका हुन्।
उनले एक मन्त्रालयका काममा अर्कोसँग समन्वय नहुँदा समयमा आयोजना सम्पन्न नहुने र विकास निर्माण लामो समयसम्म अलपत्र पर्ने भन्दै सबैसँग एकीकृत रुपमा समन्वय गरेर मात्र अघि बढ्न निर्देशन दिए। उनले उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन, सडकमा खाल्डाखुल्डी नराख्न, विद्युत्, खानेपानी, सडक लगायत पूर्वाधार निर्माणमा समन्वय गर्न निर्देशन दिए। बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयका सचिवहरू, सुरक्षा अंगका अधिकारीहरू उपस्थित थिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment