चीनले मानवयुक्त अंतरिक्ष इंजीनियरिंग कार्यालयका उपनिर्देशक वु पिंगका अनुसार ‘लान्ग मार्च–२ एफ’ बाहक राकेट उपग्रह लगेर जाने बताइएको थियो । सिन्ह्वा समाचार एजेंसीका अनुसार वु पिंगले दुई दिनभित्र पृथ्वीको परिक्रमा गरिरहेको थियानगोंगे– २ अंतरिक्ष प्रयोगशालासँग सम्पर्कमा आउने छ । त्यसपछि दुबै अंतरिक्षयात्री ३० दिनसम्म साथ रहनेछन् । अमेरिका र यूरोप जत्तिकै बराबरी गर्ने योजनामा चीनले अंतरिक्ष कार्यक्रममा अर्बौं डलर खर्च गर्दै आएको छ । २०२० सम्म चीनले मंगलमा खोज अभियान पनि गर्ने जनाइ सकेको छ । चीनले आफ्नो पहिलो मानवयुक्त अभियान सन् २००३ मा शुरू गरेको थियो ।
चीनले आफ्नो अंतरिक्ष कार्यक्रम शांतिपूर्ण उद्देश्यका लागि रहेको बताएको छ । तर चीनले आफ्नो असैन्य उदेश्यका साथै उपग्रहमा रोधी मिसाइल परीक्षण गरेको समाचारमा उल्लेख छ । वु के अनुसार दुबै अंतरिक्षयात्री थियानगोंग– २ अंतरिक्ष प्रयोगशालामा झर्ने छन् । त्यसपछि शेनझोउ– ११ अंतरिक्षयान एक दिनभित्रै पृथ्वीमा वापस आउने छ । चीनको मानवयुक्त अन्तरिक्ष अभियानलाई भारत र अमेरिकाले उत्सुकताका साथ हेरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
No comments:
Post a Comment