watch first and then search
watch first and then search
Monday, October 17, 2016
तनहुँमा जीप दुर्घटना, चालकसहित ११ यात्रु घाइते
तनहुँको वसन्तपुर गाविस–३ मोहरियास्थित भित्री कच्ची सडकबाट गएराति एउटा जिप ६० मिटर तल खसी दुर्घटना हुँदा चालकसहित ११ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको बताइन्छ । डुमे्रबाट थानीको थान जाँदै गरेको ना२च ९४८८ नंको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा तनहुँको वसन्तपुर गाविस–१ बस्ने ३५ वर्षीय तेजबहादुर तामाङ, वसन्तपुर–१ कै २६ वर्षीय कल्पना मजकोटी, सोही ठाउँका २५ वर्षीय नमिना रम्तेल, ५० वर्षीय शान्तिदेवी श्रेष्ठ र ४१ वर्षीय पार्वती लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहँुका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।
गम्भीर घाइतेको पोखराको मणिपाल र पर्लिन अस्पताल तथा अन्यको गोरखा पोलिक्लिनिक तुरतुरेमा उपचार भइरहेको छ । जिप चालक घाइते भए पनि उनको नाम खुल्न सकेको छैन । राति भएको उक्त दुर्घटनाका घाइतेलाई पुर्कोट इप्रका भानु डुर्मे र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रनाउ गुरुङको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको थियो । जिप दुर्घटना हुनाका कारण खुल्न सकेको छैन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment