watch first and then search
watch first and then search
Sunday, October 16, 2016
निर्वाचनसम्बन्धि तीन विद्येयकहरु समितिमा पठाउने व्यवस्थापिका संसदको निर्णय
व्यवस्थापिक संसदले निर्वाचन सम्बन्धि तीन विधेयकहरु समितिमा पठाउने निर्णय गरेको छ । व्यवस्थापिका–संसद्को आइतबार बसेको बैठकमा निर्वाचनसँग सम्बन्धित तीन विधेयक माथि छलफल भएसँगै समितिमा पठाउने निर्णय गरिएको हो ।
बैठकमा कार्यवाहक प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
व्यवस्थापिका संसदमा निर्वाचनका तीन विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै अब ती विधेयक सम्बन्धित समितिले खुला छलफल गर्ने छ । स्वीकृत विधेयकमा ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ छन् । ती विधेयकको गम्भीरतालाई ध्यानमा राखी तदारुकताका साथ संसद्को नियमावली, २०७३ बमोजिम सम्बन्धित समितिमा खुला छलफल गर्न सभामुखले सभाको सहमतिसहितको निर्देशन समेत दिनुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment