watch first and then search
watch first and then search
Monday, October 24, 2016
‘ज्यान प्यारो भए कार्कीको विषयमा कुनै नकारात्मक समाचार नलेख्नु’ भन्दै लोकमानको विषयमा समाचार लेखे ज्यानमार्ने धम्की
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयमा समाचार नलेख्न पत्रकारलाई अज्ञात् व्यक्तिले फोनबाट धम्की दिएका छन्।
राजधानी दैनिकका सम्पादक राजन शर्मा, समाचार सम्पादक गणेश बस्नेत र वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई अज्ञात व्यक्तिले ‘ल्याण्डलाइन’ फोनबाट धम्की आएको नेपाल पत्रकार महासंघले जनाएको छ।
‘ज्यान प्यारो भए कार्कीको विषयमा कुनै नकारात्मक समाचार नलेख्नु’ भनी एउटै भाषा प्रयोग गरी तीनै जनालाई धम्की दिइएको भन्दै महासंघले सोमबार विज्ञप्ती जारी गरी आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पहिले सम्पादकलाई र पुनः फोन गरी बस्नेत र कार्कीलाई धम्की दिइएको भन्दै महासंघले त्यसरी धम्की दिने दोषीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment