watch first and then search

watch first and then search

Monday, October 24, 2016

घरमा साङ्लाले सताएर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी घरेलु उपाय, पाउनुहोस् दिनमै छुटकारा !



के तपाइको घरमा साङ्ला सताएर हैरान हुनुहुन्छ । अब चिन्ता नालिनिहोस् हामीले यसको सरल उपाए तपाईलाई दिदै छौं ।सामान्यतया घरमा ओसको मात्रा बढी हुँदा साङ्लाहरुलाई रहन वा बच्न सहज हुन्छ । साङ्लाहरुको आवास भनेकै भान्साको आसपास खाने कुरा भएको ठाउमा नै हुने गर्दछ ।

अनधिकृत रुपमा नक्कल गरि कुनै पनि मिडियामा साभार गरेमा नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने छ ! बजारमा साङ्ला भगाउन भनौ या मार्नका लागि बजारमा अनेक तरहका रसायनिक औषधि पाइन्छन् । तर, यी औषधीहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यदि घरमा साना बच्चा छन् भने रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनु बुद्धिमतापूर्ण कार्य हुन्छ ।

साबुन पानी
साङ्ला मार्ने सबैभन्दा उत्तम उपाय भनेको साबुनपानी हो । साबुन या स्याम्पुको झोलले सबैभन्दा छिटो र सजिलो किसिमले साङ्ला मर्दछन् ।साङ्लाको शरीरमा साबुनको झोल परेपछि यसले बाहिरबाट हावा लिन पाउँदैन । साङ्लाले श्वास फेर्न छालाको सहारा लिने हुँदा शरीरमा साबुनको झोलले स्वास फेर्न अथवा लिन अप्ठ्यारो हुने कारणले गर्दा साङ्ला सास लिन नसकी छटपटिएर मर्छ ।

के, कसरी गर्ने त ?
एउटा भाँडोमा नुहाने साबुनको झोल तयार गर्ने । स्याम्पु मिसाउँदा पनि हुन्छ ।
सांग्लाहरु भएको स्थानमा यो झोल छर्किने । सांग्लाहरु भाग्न नपाउन भनेर चारीतिर झेलको अलि चौडा घेरा बनाउँदा पनि हुन्छ ।
अब यो झोल सांग्लामाथि छर्किने । सांग्ला भाग्न खोज्छन् । केही मर्छन् । भाग्न खोजेका सांग्लामाथि यो झोल छर्किँदै जाने ।
लुगा धुने साबुन भन्दा नुहाने साबुन डिटोलको झोलले यो छिटो मर्दछन् ।
यस बाहेक अन्य उपायहरु यसप्रकार छन् ।

तेजपत्ताको प्रयोग
तेजपत्ताको गन्धसँग कक्रोच भाग्ने गर्छ । त्यसैले केही पत्ता कक्रोच धेरै बस्ने कुनामा राखिदिनुहोस् । यसको गन्धले कक्रोच आफैँ भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नुपर्छ ।
सोडा र चिनी कचौरामा बराबर मात्रामा सोडाको धुलो र चिनी मिसाएर कक्रोच धेरै बस्ने ठाउँमा राख्नुहोस् । चिनीको गुलियोले कक्रोचलाई आकर्षित गर्छ, त्यसलाई खाएपछि सोडाले मार्ने काम गर्छ । समय–समयमा यसलाई पनि परिवर्तन गरिराख्नुपर्छ ।

ल्वाङ
ल्वाङको गन्ध ल्वाङ पनि कक्रोच भगाउने उत्तम उपाय हो । कक्रोच धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धुलो राखिदिनुहोस् । यस उपायबाट कक्रोच भाग्छ ।

मट्टीतेल
हामीले मट्टीतेलको प्रयोगद्वारा पनि साङ्लाबाट मुक्ति पाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकाले प्रयोग गर्दा निकै सावधानी र सजगता भने अपनाउनु पर्ने जरुरी रहन्छ ।
भान्सालाई सधै ओसमुक्त पर्ने प्रयत्न गर्नुहोस् । साङ्ला रहनको लागी ओसिलो ठाउँ अतिनै अनुकूल मानिन्छ । त्यसैले पनि हजुरले आफ्नो भान्सा कोठालाई ओसमुक्त राख्नुभयो भने पनि साङ्लाबाट केही हदसम्म भएपनि राहत हुन्छ।

अनधिकृत रुपमा नक्कल गरि कुनै पनि मिडियामा साभार गरेमा नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने छ !

No comments:

Post a Comment

watch first and then search