watch first and then search

watch first and then search

Friday, October 14, 2016

ओछ्यानमा पिसाब गरेकाे भन्दै छोरीको यौनाङ्गमा खुर्सानी दलियो



balikaकोलकत्ता, भारतको पश्चिम बंगालमा एउटी सौतेली आमाले ओछ्यानमा पिसाब फेर्ने बानी भएको भन्दै छोरीको यौनांगमा खुर्सानीको धुलो दलेको खबर छ । ५ सालकी नाबालिकाको यौनांगमा खुर्सानी दलेपछि सिकिस्त भएपछि अहिले तिनलाई अस्पतालमा भर्ना गरिएको छ भने सौतेली आमा र तिनको लोग्नेलाई गिरफ्तार गरिएको छ ।

पश्चिम बंगालको टिकागढमा भएको यो घटनाले हिंसाको क्रूरतालाई समेत पछि पारेको छ । यी बालिकालाई चार वर्ष अघि यो दम्पत्तिले छिमेकी परिवारबाट धर्मपुत्रका रुपमा लिएका थिए । सुतेको बेला ओछ्यानमा पिसाब फेर्ने बानी भएपछि यी अबोधमाथि यातना दिईन सुरु भएको थियो । गत बिहिबार पनि यसैगरी पिसाब फेरेपछि रिसाएकी आमाले उनको यौनंगमा खुर्सानी दलेकी थिइन । यसबाट बालिकाको अवस्था खराब भएपछि अस्पताल लगेपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार, बालिकाको वास्तविक वुवाको मृत्यु भइसकेको र आमा चाहिँ तिनलाई छोडेर अन्तै गइसकेकी छिन् । त्यसपछि यो नयाँ दम्पत्तिले तिनको पालनपोषण गर्न शुरु गरेका थिए । तर पालनपोषणको नाममा यसरी यातना दिइने घटनाले सबै अचम्भित बनेका छन् । उपचारपछि बालिकालाई परामर्श केन्द्रमा पठाइने प्रहरीले जनाए ।

No comments:

Post a Comment

watch first and then search