watch first and then search
watch first and then search
Friday, October 14, 2016
सुनसरीकाे चिमडीमा एम्बुलेन्सको ठक्करबाट तीन घाइते
सुनसरीको चिमडी गाविस–९ मा एम्बुलेन्सको ठक्करबाट आज तीनजना घाइते भएका छन् । रामनगर भुटाहाबाट बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको नासो कृषि सहकारी संस्थाको को १८ च ९२५७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा चिमडी–९ का राजकुमार चौधरी, जिवस चौधरी र मोहन चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घाइतेमध्ये राजकुमारको अवस्था गम्भीर रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । सडकपेटीमा बसिरहेका बेला उनीहरुलाई एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment